करेन्ट लागेर सप्तरीमा १४ वर्षीया किशोरीको मृत्यु भएको छ।
बोदेबरसाईन नगरपालिका-१ मनहौरी बस्ने शिव नारायण यादवकी छोरी १४ वर्षीया करिना कुमारी यादवको करेन्ट लागेर मृत्यु भएको हो।
घरमै विद्युतीय मोटर जडित कलमा नुहाउने क्रममा उनलाई करेन्ट लागेको आफन्तले बताएका छन्।
करेन्ट लागेर गम्भीर घाइते भएकी उनको छिन्नामस्ता अस्पताल राजबिराजमा उपचारको क्रममा मृत्यु भएको हो।
घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
123
Shares

प्रतिक्रिया