‘उकालीमा पनि हजुर मोटर जाँदो रैछ’ ड्राइभर दाइलाई शासन माया जाउँ हिन रेलैमा’
तीर्थकुमारी र सुुन्दर श्रेष्ठको स्वर रहेको कुनै बेलाको यो चर्चित गीतले ड्राइभरको कुरा त गरेको छ तर बाटो कसले र कसरी बनायो भन्ने विषय छोएको छैन।
मोटर हिँड्ने बाटो कुनैबेला गैंचीले खनिन्थ्यो, घन र गलले पहाड फुटाइन्थ्यो।
अहिले समय फेरियो। गल र घन अनि गैंचीले गर्ने काम मेसिनले गर्न थाल्यो। गाउँगाउँमा मोटर बाटो पुग्दा ती अजङ्गका मेसिन अनि मेसिन चालक (अपरेटर)लाई फूलमालाले स्वागत गर्न थालियो।
दुई वर्षअघिको कुरा त हो, हुम्लाको सर्केगाड गाउँपाालिकामा मोटर पुग्दा गाउँलेले भव्य स्वागत गरेका थिए।
पहरो छिचोलेर मोटर हिँड्ने बाटो बनाउन प्रयोग हुने यस्तै मेसिन हो–जेसीबी। जोसेप क्रिल ब्यामफोर्डको छोटकरी नाम जेसीबी पछिल्लो समय नेपालमा यति लोकप्रिय छ कि, बाँकी कम्पनीका ब्याकहो लोडरलाई पनि अक्सर जेसीबीकै नामले पुकारिन्छ।
साँच्चै, निर्माण र अर्थमुभिङ मेसिन निर्माणमा जेसीबी अग्रणी छ। निर्माण व्यवसायीहरूको पहिलो रोजाइ पनि जेसीबी नै रहेको यसको नेपालमा भएको बिक्रीले पुष्टि गर्छ।

जेसीबी नेपालका प्रमुख कार्यकारी अधिकृत तेजप्रसाद सुवेदीका अनुसार जेसिबीले नेपालमा ३२ भन्दा बढी बिक्री तथा सेवा केन्द्र र २ सयभन्दा बढी दक्ष सर्पोट इन्जिनियरमार्फत् बिक्रीपछि पनि भरपर्दो सेवा उपलब्ध गराउँदै आएकोले यो लोकप्रियता पाएको हो।
निर्माण कार्यमा प्रयोगका दृष्टिले अग्रणी जेसीबी नेपालले शुक्रबार पोखरामा आफ्ना ग्राहकको लागि विशेष भेटघाट मात्र आयोजना गरेन, नयाँ ग्राहकलाई साँचो हस्तान्तरणसमेत गर्यो।
हस्तान्तरण गरिएका १२ वटा मेसिनमा जेसीबीका फ्ल्यागसीप ३ डिएक्स ब्याकहो लोडर तथा जेसिबी २२१ एक्स्काभेटर रहेका छन्।
एमएडब्लू अर्थमुभर्स प्रालि नेपालका लागि जेसीबीको आधिकारिक वितरक तथा निर्माण एवं अर्थमुभिङ उपकरण क्षेत्रको अग्रणी कम्पनीको रूपमा रहेको छ।
कार्यक्रममा गण्डकी क्षेत्रको पूर्वाधार विकासमा संलग्न निर्माण व्यवसायीहरूको उल्लेख्य सहभागिता थियो।
सो अवसरमा बोल्दै जेसीबी नेपालका प्रमुख कार्यकारी अधिकृत तेजप्रसाद सुवेदीले गुणस्तरीय सेवा, आधुनिक प्रविधि र बिक्रीपछिको सेवामा कम्पनीले विशेष ध्यान दिँदै आएको बताए।
प्रमुख कार्यकारी अधिकृत सुवेदीले ग्राहकसँगको सम्बन्धलाई अझ मजबुत बनाउने उद्देश्यले विशेष ग्राहक भेटघाट तथा साँचो हस्तान्तरण कार्यक्रम आयोजना गरिएको जानकारी दिए।

‘जेसीबीका उपकरणले निर्माण व्यवसायलाई सहज, सुरक्षित र प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेलेको छ,’ उनले भने।
कार्यक्रममा जेसीबी इन्डियाको सेल्स एण्ड विजनेस डेभलपमेन्ट सेक्टरका सिनियर मेनेजर अर्क दालापतिले डिलर आउटलेटसहित जेसीबीको बारेमा विस्तृत जानकारी दिएका थिए।
कार्यक्रममा जेसिबीका सिओओ दुर्गा निरौला, जेसीबी एमएडब्लू पोखरा म्यानेजर कृष्णप्रसाद तिवारीलगायतले ग्राहकको सुझाव र अनुभवलाई समेत कम्पनीले प्राथमिकता दिने प्रतिवद्धता व्यक्त गरे।
Shares

प्रतिक्रिया