समाज


मध्यरातमा दन्कियो जनकपुर रिफाइनरी तेल उद्योगमा आगो, कच्चा पदार्थ र मेसिन जलेर नष्ट, करोडौँको नोक्सानी

मध्यरातमा दन्कियो जनकपुर रिफाइनरी तेल उद्योगमा आगो, कच्चा पदार्थ र मेसिन जलेर नष्ट, करोडौँको नोक्सानी

आगो निभाउन नेपाली सेना, सशस्त्र प्रहरी र नेपाली प्रहरीको टोली परिचालन भएको थियो।


सुभाष कर्ण
बैशाख ४, २०८३ शुक्रबार ९:२, काठमाडौँ

धनुषामा एक खाने तेलको उद्योगमा भीषण आगलागी भएको छ। जिल्लाको मिथिला नगरपालिका–७, ढल्केबरस्थित जनकपुर रिफाइनरी इण्डष्ट्रिजमा बिहीबार राति आगलागी भएको हो। 

आगो निभाउन जनकपुर, महेन्द्रनगर र ढल्केवरबाट गएका पाँचवटा वारुणयन्त्रलाइ करिब ३ घण्टा समय लागेको थियो। नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त टोलीको प्रयसामा आगो नियन्त्रमा आएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक लक्ष्मण केसीले बताए।

उद्योगका प्रबन्धक सन्जय गुप्ताअनुसार आगलागीबाट करिब १५ करोड रुपियाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ। 'क्षतिको विस्तृत विवरण इन्जिनियरसहितको टोलीको अध्ययनपछि मात्र भन्न सकिन्छ, अहिलेको अवस्थामा करिब १५ करोड रूपैयाँ बराबरका मेसिन, सामान र अरू चिजहरूमा क्षति पुगेको देखिन्छ।'

आगलागीबाट उद्योगका स्टिम र थर्मोफुल गरी दुईवटा प्रसोधन मेसिनमा गम्भीर क्षति पुगेको छ। कच्चा पदार्थ र तयार गरिएका तेल सम्पूर्ण जलेर नष्ट भएको छ। आगलागीको कारण खुल्न नसकेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक लक्ष्मण केसीले नेपालखबरलाइर् बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad