समाज


स्कुल बसको ठक्करबाट बालकको मृत्यु, चालक पक्राउ

स्कुल बसको ठक्करबाट बालकको मृत्यु, चालक पक्राउ

नेपालखबर
चैत ५, २०८२ बिहिबार १२:२, सर्लाही

सर्लाहीमा स्कुल बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ। 

बिहीबार बिहान नौ बजेतिर बागमती नगरपालिका-२ सानो डाबरीमा जिरायतबाट हरिवनतर्फ जाँदै गरेको ना.१ क ७३८२ नम्बरको सगुन शिक्षा आवासीय विद्यालयको बसले ठक्कर दिँदा बालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। 

मृत्यु हुनेमा स्थानीय श्याम गोलेका छोरा २ वर्षीय यनस गोले छन्। 

बसले ठक्कर दिँदा बालकको घटनास्थलमै मृत्यु भएको र शव अहिलेसम्म घटना स्थलमै रहेको प्रहरीले जनाएको छ। 

दुर्घटनापछि बस चालक हरिवन- ११ प्रगति टोल बस्ने ५० वर्षीय सूर्यबहादुर थापालाई प्रहरीले पक्राउ गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad