समाज


हाइड्रोलिक उठाउँदा करेन्ट लागेर टिपर चालकको मृत्यु

हाइड्रोलिक उठाउँदा करेन्ट लागेर टिपर चालकको मृत्यु

नेपालखबर
फागुन १५, २०८२ शुक्रबार ११:३०, काठमाडौँ

सिराहामा करेन्ट लागेर टिपर चालकको मृत्यु भएको छ।

शुक्रबार बिहान पौने ९ बजेतिर प्र.२–०–००१ क ००४५ नम्बरको टिपरको हाइड्रोलिक उठाउने क्रममा करेन्ट लागेर चालकको मृत्यु भएको प्रहरीले जनाएको छ। 

मृत्यु हुनेमा सिराहाको गोलबजार नगरपालिका– ३ का ४३ वर्षीय सन्तोष साह छन्। 

गोलबजार-२ गुरुधाम जाने बाटोमा आज बिहान टिपरको हाइड्रोलिक उठाउने क्रममा करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए। 

उनलाई उपचारका लागि स्थानीय हेल्थ केयर अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ। 

टिपरको पछिल्लो भाग सफा गर्ने क्रममा हाइड्रोलिक उठाउँदा विद्युत् प्रसारण लाइनमा छोएपछि टिपरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले जानकारी दिए। 

घटनाबारे जानकारी पाएलगत्तै प्रहरी घटनास्थल पुगेर आगो नियन्त्रणमा लिएको थियो। शव परीक्षणका लागि लहानस्थित रामकुमार उमाप्रसाद प्रादेशिक अस्पताल पठाइएको प्रहरीले जनाएको छ।  

इलाका प्रहरी कार्यालय गोलबजारका अनुसार मृतक साहको शव पोस्टमार्टमका लागि लहानस्थित रामकुमार उमाप्रसाद प्रादेशिक अस्पताल लगिएको छ। 

घटनाको विषयमा थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ। मृतक साह टिपरका मालिक पनि हुन्। उनी आफैँ टिपर चलाउँथे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad