समाज


चिसो अत्यधिक बढेपछि गौरका विद्यालयमा ४ दिन बिदा

चिसो अत्यधिक बढेपछि गौरका विद्यालयमा ४ दिन बिदा

फाइल तस्बिर


नेपालखबर
पुस ८, २०८२ मंगलबार ५:२५, काठमाडौँ

विगत चार दिनदेखि बढेको चिसोका कारण रौतहटको गौर नगरपालिकाले गौर नगर क्षेत्रभरिका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालय बन्द गरेको छ। 

सोमबार गौर नगरपालिकाले सूचना जारी गदै आज (मंगलबार)देखि पुस ११ गतेसम्मका लागि विद्यालयमा बिदा दिएको हो। 

केही दिनदेखि अत्यधिक चिसो बढेका कारण विद्यालयमा पठनपाठनमा असहजता भई बालबालिकाको स्वास्थ्यमा पर्नसक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै गौर नगर क्षेत्रभरिका सम्पूर्ण विद्यालयमा बिदा दिइएको गौर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवासकुमार ठाकुरले जानकारी दिए।

बर्खे बिदाबाट कट्टा हुनेगरी विद्यालयमा बिदा दिइएको हो। केही दिनदेखि बढेको शीतलहर र चिसोका कारण रौतहटसहित तराई मधेसको जनजीवन कष्टकर बनेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad