समाज


विद्यालय गएका १३ वर्षीय बालक ४ दिनदेखि बेपत्ता

विद्यालय गएका १३ वर्षीय बालक ४ दिनदेखि बेपत्ता

नेपालखबर
भदौ २२, २०८२ आइतबार १२:५१, महाेत्तरी

महोत्तरीको बर्दिवासका एक बालक चार दिनदेखि बेपत्ता भएका छन्। घरबाट विद्यालय हिँडेका बालक घर नफर्किएपछि अभिभावक चिन्तामा छन्।
    
बर्दिवास नगरपालिका–१२ मा अवस्थित जनता माध्यमिक विद्यालय डाँडाटोलमा कक्षा ६ मा पढ्दै आएका स्थानीय १३ वर्षीय गौतम पासवान गत बिहीबार घरबाट साइकलमा चढेर विद्यालय गएका थिए। उनी अहिलेसम्म घरफर्केर नआएको उनका काका प्रमोद पासवानले बताए।

गौतम बेपत्ता भएपछि परिवारजनले प्रहरीचौकी हात्तीलेटमा खोजीका लागि निवेदन दिएका छन्। इलाका प्रहरी कार्यालय बर्दिवासका प्रमुख एवं प्रहरी नायब उपरीक्षक प्रकाश बमले पीडित परिवारले प्रहरी चौकीमा बालक खोजतलासका लागि निवेदन दिएका बताए।

निवेदन पाएपछि प्रहरी बालककाे खाेजीमा सक्रिय भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad