समाज


बारामा बाघले खाएको अवस्थामा बाख्रा गोठालाको शव फेला

बारामा बाघले खाएको अवस्थामा बाख्रा गोठालाको शव फेला

फाइल तस्बिर


नेपालखबर
असार ४, २०८२ बुधबार ११:४७, बारा

बारामा बाघको आक्रमणबाट एकजना बाख्रा गोठालाको मृत्यु भएको छ। 

मकवानपुरको मनहरि घर भई हाल जितपुर सिमरा उपमहानगरपालिका- २१ अमलेखगन्ज बस्दै आएका ५५ वर्षीय चन्द्रबहादुर भुलनको बाघको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी विजयराज पण्डितका अनुसार उनी स्थानीय वीरबहादुर थिङका कामदार हुन्। 

मंगलबार दिउँसाे स्थानीय जंगलमा बाख्रा चराउन गएका भुलन रातिसम्म घर फर्किएपछि खोजी सुरु भएको थियो। 

प्रहरी र स्थानीयले खोजतलास गर्ने क्रममा आज बिहान दक्षिणकाली सामुदायिक वनमा बाघले खाएको अवस्थामा भुलनको शव फेला परेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad