बलात्कारको अभियोगमा पर्साका दुई जना पक्राउ परेका छन्।
जगरनाथपुर गाउँपालिका-६ सङ्ठीका २३ वर्षीय विशाल यादव र भारतीय नागरिक मनिषा पासवान पक्राउन परेकाे प्रहरीले जनाएकाे ५।
जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी किशोर लम्सालका अनुसार उनीहरुले एक किशाेरीलाई बलात्कार गरेकाे आराेप छ।
अभियुक्त पासवानले किशोरीलाई प्रलोभनमा पारेर भारतमा लगी पटकपटक करणी गरेका लम्सालले बताए।
पीडितका तर्फबाट प्राप्त जाहेरीका आधारमा अभियोग लागेका यादव र पासवानलाई करणीसम्बन्धी कसुरमा जिल्ला अदालतबाट थुनामा राख्ने अनुमति लिएर पक्राउन गिरएकाे हाे। उनीहरुमाथि थप अनुसन्धान भइरहेको सूचना अधिकारी लम्सालले जानकारी दिए। रासस
312
Shares

प्रतिक्रिया