हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।
यतिबेला (बुधबार बिहान) देशका पहाडी भूभागको मौसम आंशिक बदली छ। तराईका धेरै स्थानमा अहिले हुस्सु र कुहिरो लागेको छ। हुस्सु र कुहिरोको कारण तराई मधेसको जनजीवन प्रभावित बनेको छ।
देशका बाँकी भूभागको मौसम भने अहिले मूख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ
महाशाखाले बुधबार बिहान ६ बजे आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गरेको छ।
जसमा भनिएको छ, ‘बिहानको समयमा तराई तथा उपत्यका केही स्थानमा हुस्सु र कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उड्डयनमा क्षणिक/आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।’
कस्तो होला अबको ३ दिन देशभरको मौसम?



432
Shares

प्रतिक्रिया