समाज


११ किलो गाँजा बोकेर मोटरसाइकलमा सवार २ युवा पक्राउ

११ किलो गाँजा बोकेर मोटरसाइकलमा सवार २ युवा पक्राउ

नेपालखबर
मंसिर १, २०८१ शनिबार ८:४, सर्लाही

सर्लाहीको बरहथवाबाट प्रहरीले लागू औषध गाँजासहित दुईजना युवालाई पक्राउ गरेको छ। 

बरहथवा नगरपालिका- १६ गंगापुरस्थित बागमती नदी किनारबाट प्रहरी नायव निरीक्षक अमेन्द्र रायको कमाण्डमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो। 

पक्राउ पर्नेमा सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका- ८ पाँचतले निवासी २९ वर्षीय वाङ दार्जे थिंङ र सर्लाहीको हरिवन नगरपालिका- ४ तीनघरे बस्ने ३० वर्षीय सागर लामा छन्। 

उनीहरुको साथबाट ११ किलो गाँजा र बागमती प्रदेश ०२-०२१ प २४४४ नम्बरको मोटरसाइकल पनि बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

उनीहरुलाई जिल्ला अदालत सर्लाहीबाट सात दिनको म्याद थप गरी इलाका प्रहरी कार्यालय बरहथवाको हिरासतमा राखेर थप अनुसन्धा भइरहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad