जिल्ला प्रशासन कार्यालय सर्लाहीले सामाजिक सुरक्षा भक्ता खाने सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ।
त्यसका लागि स्थानीय तहको कार्यालयबाटै राष्ट्रिय परिचयपत्र विवरण संकलन गर्ने तयारी गरिएको कार्यालयले जनाएको छ।
सर्लाहीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीले शनिबार सूचना जारी गरेर यस्तो जानकारी दिएका हुन्।
जिल्ला प्रशासन कार्यालय रहेको मलंगवा नगरपालिका र इलाका प्रशासन कार्यालय हरिवन तथा बरहथवा बाहेक जिल्लाका १७ वटा पालिकामा राष्ट्रिय परिचयपत्र विवरणका लागि टोली खटाउन लागिएको हो।
जिल्ला प्रशासन र इलाका प्रशासन कार्यालय नरहेका १७ वटै पालिकामा पालैपालो कर्मचारी परिचालन गरेर विवरण गरिने सूचनामा उल्लेख छ।
हेर्नुहोस् सूचना
51
Shares
प्रतिक्रिया