ad ad

समाज


लालबन्दीमा सेवा निवृत्त शिक्षक समाज गठन

लालबन्दीमा सेवा निवृत्त शिक्षक समाज गठन

नेपालखबर
जेठ २७, २०८१ आइतबार १२:२३, सर्लाही

सर्लाहीको लालबन्दीमा नेपाल सेवा निवृत्त शिक्षक समाजको नगर समिति निर्माण भएको छ। 

शनिबार लालबन्दीमा भएको समाजको प्रथम नगर अधिवेशनले ज्ञानप्रसाद पोखरेलको अध्यक्षतामा नौ सदस्यीय नगर समिति गठन गरेको हो। 

समितिको उपाध्यक्ष सत्यनारायण चौधरी, सचिव सरोज यादव र कोषाध्य रामचन्द्र श्रेष्ठ छन्। त्यसैगरी सदस्यहरुमा कपिलराज बराल, लीलानाथ तिमल्सिना, इन्दुप्रसाद पोखरेल, अमर विक र शंकर चालिसे रहेका छन्।

पूर्व शिक्षक अमिरी चौधरीको प्रमुख आतिथ्यता तथा जिल्ला अध्यक्ष रामनिवास साहको अध्यक्षतामा भएको कार्यक्रममा समाजको हरिवन नगरसमितिका अध्यक्षमा जयशंकर सिंह, रामचन्द्र श्रेष्ठ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .