समाज


प्रहरीले सर्लाहीमा यसरी नष्ट गर्‍यो अवैध घरेलु मदिरा भट्टी (तस्बिर)

प्रहरीले सर्लाहीमा यसरी नष्ट गर्‍यो अवैध घरेलु मदिरा भट्टी (तस्बिर)

नेपालखबर
जेठ ८, २०८१ मंगलबार ८:५३, सर्लाही

सर्लाही प्रहरीले विभिन्न स्थानमा सञ्चालित घरेलु मदिरा बनाउन अवैध भट्टी नष्ट गरेको छ। 

विष्णु गाउँपालिका र गोडैता नगरपालिका क्षेत्रका विभिन्न मदिरा भट्टी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

बिष्णु गाउँपालिका- ३ का विभिन्न स्थानका बाँसघारीमा सञ्चालित अवैध मदिरा भट्टी, त्यसबाट उत्पादित तयारी मदिरा र रक्सी बनाउने कच्चा पदार्थ नष्ट गरिएको प्रहरीले जनाएको छ।

मदिरा बनाउने झण्डै ७ हजार लिटर कच्चा पदार्थ, रक्सी बनाउने भाँडा र मेसिनसहित झण्डै ९० हजार रुपैयाँ बराबरको सामान पनि प्रहरीले फुटाएर नष्ट पारेको छ। 

त्यसैगरी गोडैता नगरपालिका- ६ बगदह, वडा नम्बर- ९ खकैनिया, २ र ११ पर्ने सिसौटिया टोलमा सञ्चालित मदिरा भट्टी, त्यहाँ राखिएका एक हजार लिटर कच्चा पदार्थ पनि प्रहरीले नष्ट पारेको छ।

त्यसैगरी भट्टीबाट झण्डै तीन सय लिटर तयारी मदिरा, मदिरा बनाउने तीन थान मेसिन, पाँच थान ड्रमसमेत प्रहरीले फुटाएर नष्ट पारेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad