ad ad

समाज


भंगहा–जनकपुर–जयनगर रेल सेवा पुनः सञ्चालन

भंगहा–जनकपुर–जयनगर रेल सेवा पुनः सञ्चालन

नेपालखबर
जेठ ८, २०८१ मंगलबार ८:२४, महोत्तरी

भंगहा–जनकपुर–जयनगर रेल्वे सेवा मंगलबार बिहानदेखि पुनः सञ्चालनमा आएको छ। 

भारतमा जारी लोकसभा निर्वाचनका लागि रेल सेवा तीनदिन बन्द गरिएको थियो। महोत्तरी र धनुषासँग सीमा जोडिएका भारतका मधुबनी र सीतामढीमा सोमबार निर्वाचन सम्पन्न भएपछि रेलसेवा पुनः प्रारम्भ भएको हो। 

नेपाल रेल्वे कम्पनी लिमिटेडले जेठ ५ देखि ७ गते सम्म रेलसेवा बन्द हुने जानकारी सार्वजनिक सूचना प्रकाशन गरेको थियो। 

सूचनमा  रेल्वे सेवा पुनः साविकबमोजिम जेठ ८ गतेदेखि नियमित सञ्चालनमा आउने जानकारी दिइएको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .