ad ad

समाज


जनकपुर घटना: जलेको अवस्थामा भेटिएका युवती र बालिका आमा-छोरी भएको पुष्टि

जनकपुर घटना: जलेको अवस्थामा भेटिएका युवती र बालिका आमा-छोरी भएको पुष्टि

फाइल तस्बिर


नेपालखबर
बैशाख ६, २०८१ बिहिबार १४:३, काठमाडौँ

जनकपुरमा गएराति आगोमा जलेर ज्यान गुमाउने युवती र बालिका आमाछोरी भएको पुष्टि भएको छ।  

बुधबार राति जनकपुरधाम उपमहानगरपालिका-१६ पुलचोकस्थित रेल्वे लिक नजिकै रहेको पोखरीको डिलमा जलेर मृत्यु भएको अवस्थामा एक युवती र घाइते अवस्थामा फेला परेकी बालिका आमा छोरी भएको पुष्टि प्रहरीले गरेको हो। बालिकाको पनि उपचारको क्रममा प्रादेशिक अस्पतालमा मृत्यु भएको थियो।

जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी डीएसपी रञ्जन अवाका अनुसार मृत अवस्थामा फेला परेकी युवती महोत्तरीको मनरासिस्वा नगरपालिका २ कि प्रियंका महतो हुन्। 

उनको शव नजिकै घाइते अवस्थामा फेला परेकी करिब ८ महिनाकी बालिका प्रियंकाकी छोरी हुन्। 

‘मृतक युवतीका आफन्त आएर शवको सनाखत गरेका छन्। यो घटनामा हामी थप अनुसन्धानमै छौँ,’ डीएसपी अवाले नेपालखबरसँग भने, ‘उनीहरुको हत्या भएको हो या आत्महत्या भन्ने विषय थप अनुसन्धानपछि नै खुल्ला।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .