समाज


थमन विक हत्याकान्डमा जन्मकैद सजाय पाएका मोहन ठाकुर जेल चलान

थमन विक हत्याकान्डमा जन्मकैद सजाय पाएका मोहन ठाकुर जेल चलान

नेपालखबर
पुस २४, २०८० मंगलबार १३:५९, महाेत्तरी

आठ वर्षअघि भएको मधेश आन्दोलनका क्रममा ज्यान गुमाएका सशस्त्र प्रहरीका असई थमन विकको हत्या मुद्दामा गएको मंसिर २८ गते जन्मकैद सजाय पाएका महोत्तरीका मोहन ठाकुर जेल चलान भएका छन्।

लेनदेन मुद्दामा सिन्धुली कारागारमा सजाय भुक्तान गरिरहेका जलेश्वर नगरपालिका- ९ निवासी ठाकुर विक हत्यामा दोषी ठहर भएपछि पुनः जेल चलान भएका हुन्। उनलाई यही पुस १३ गते सिन्धुली कारागारबाट जलेश्वर कारागार चलान भएका महोत्तरी प्रहरीले जनाएको छ। 

असई विक हत्या मुद्दामा एमाले सांसद लक्ष्मी महतो कोइरीसहित २ जनालाई सफाइ दिँदा महोत्तरी जिल्ला अदालतले ठाकुरसहित सात जनालाई जन्मकैद सजाय सुनाएको थियो। 

सो मुद्दामा अदालतले कोइरीसँगै अर्का अभियुक्त पवन कापरलाई सफाइ दिएको थियो।

ठाकुरसहित सञ्जयकुमार साह, प्रदीप साह माझी, शंकर शाही भन्ने रामशंकर मिश्र,अभिराम शर्मा, सुरेश पाण्डे र धर्मेन्द्र रायलाई भने अदालतले जन्मकैद सजाय सुनाएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .