समाज


बाक्लो हुस्सुको असर : महोत्तरीमा दुई मोटरसाइकल ठोक्किँदा २ युवाको मृत्यु, २ घाइते

बाक्लो हुस्सुको असर : महोत्तरीमा दुई मोटरसाइकल ठोक्किँदा २ युवाको मृत्यु, २ घाइते

फाइल तस्बिर


नेपालखबर
पुस २४, २०८० मंगलबार ८:४१, महोत्तरी

हुस्सु लागेको सडकमा तीव्र गतिमा मोटरसाइकल चलाउँदा महोत्तरीमा दुई युवाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

महोत्तरीको बर्दिबास–जलेश्वर सडक खन्डमा पर्ने औरहीमा गएराति १० बजे दुई मोटरसाइकल आपसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी दिलिपकुमार गिरीले जानकारी दिए। 

घटनामा मोटरसाइकलको पछाडि सवार दुई जना गम्भीर घाइते भएका छन्। 

इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक मनोज यादवका अनुसार औरही नगरपालिका–१ मा गएराति करिब १० बजे बर्दिबासबाट रामगोपालपुर तर्फ जाँदै गरेको प्रदेश २–०२–००४ प १८४० र रामगोपालपुरबाट बर्दिबास तर्फ आउँदै गरेको ज ११ प ८०९९ नम्बरका दुई मोटरसाइकल आपसमा ठोक्किएका हुन्। 

दुर्घटनामा महोत्तरीकै रामगोपालपुर घर भएका ३० वर्षीय मुकेश चमार र महोत्तरीकै भंगहा नगरपालिका–३ का ३२ वर्षीय धर्मेन्द्र महतोको मृत्यु भएको हो। उनीहरु दुर्घटनामा परेका मोटरसाइकल चालक हुन्।


‘दुर्घटनामा गम्भीर घाइते भएका ज ११ प ८०९९ नम्बरको मोटरसाइकल चालक धर्मेन्द्रको उपचारको क्रममा शुभस्वस्तिक अस्पताल बर्दिबासमा मत्यु भएको हो,’  गिरीले नेपालखबरसँग भने ‘अर्को मोटरसाइकल चालक चमारको घटनास्थलमै मृत्यु भएको हाे। धर्मेन्द्रले चलाएकाे ज ११ प ८०९९ नम्बरकाे माेटरसाइकलमा तीन जना सवार रहेकाे पाइएकाे छ।’ 

दुर्घटनामा भंगहा नगरपालिका–५ का ३१ वर्षीय श्रीराम गोसाई र बर्दिबास नगरपालिका ७ का २६ वर्षीय प्रदीपकुमार यादव गम्भीर घाइते भएका छन्। उनीहरुको न्युरो अस्पताल जनकपुर र शुभस्वस्तिक असताल बर्दिबासमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

तीव्र गतिमा रहेका दुबै मोटरसाइकलका चालकले हुस्सुको कारण अगाडिको दृश्य राम्ररी नदेख्दा दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको डीएसपी गिरीले बताए। 

बिगत केही दिनदेखि तराई मधेशका जिल्लामा हुस्सु र शितलहर चलिरहेको छ। हुस्सुको कारण दृश्य राम्ररी नदेखिँदा सडकमा सबारी सचाउन पनि समस्या भएको चालकहरुले बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .