ad ad

समाज


चिसो बढेपछि तराई-मधेशमा धमाधम बन्द हुँदै विद्यालय

चिसो बढेपछि तराई-मधेशमा धमाधम बन्द हुँदै विद्यालय

नेपालखबर
पुस २४, २०८० मंगलबार ९:२०, काठमाडौँ

चिसो अत्यधिक बढेपछि महोत्तरीका तीन स्थानीय तहले विद्यालय बन्द गरेका छन्। रामगोपालपुर र गौशाला नगरपालिका तथा सोनमा गाउँपालिकाले विद्यालय बन्द गरेका हुन्।

रामगोपालपुर नगरपालिका र सोनमा गाउँपालिकाले सोमबारदेखि विद्यालय बन्द गरेका हुन् भने गौशाला नगरपालिका क्षेत्रका विद्यालय आजदेखि बन्द भएका छन्। 

सोनमा गाउँपालिकाले चार दिन, रामगोपालपुर नगरपालिकाले नौ दिन र गौशाला नगरपालिकाले एक साताको लागि जाडो बिदा दिएका छन्।

अत्यधिक चिसोका कारण बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्नसक्ने भएकाले विद्यालयमा बिदा दिइएको सोनमा गाउँपालिकाका अध्यक्ष विषेश्वर यादवले बताए। 

रामगोपाल नगरपालिकाका प्रमुख रामदुलार साहले चिसोबाट विद्यार्थी प्रभावित हुने भएपछि जाडो छल्न केही दिन विद्यालय बन्द गरिएको बताए। 

चिसो बढेपछि सर्लाहीका पनि केही स्थानीय तहले विद्यालयमा जाडो बिदा दिएका छन्। सञ्चालनमा रहेका विद्यालयमा पनि चिसोको कारण विद्यार्थीको सङ्ख्या घटेको छ। चिसो बढेपछि वीरगन्ज महानगरपालिकाले पनि एक साताको लागि विद्यालय बन्द गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .