लुटपाटमा संलग्न भएको आरोपमा प्रहरीले रौतहटबाट दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा रौटहटको कटहरिया नगरपालिका-४ बहादुर टोल बस्ने ३१ वर्षीय नसिब बैठा र कटहरिया ५ पानी ट्यांकी बस्ने ३६ वर्षीय शंकर साह सोनार रहेका जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
उनीहरुले हिजो (बिहीबार) स्थानीय ७० वर्षका आलम मिया अन्सारीको साथबाट ८२ हजार रुपैयाँ लुटेका रौतहटका प्रहरी नायव उपरीक्षक (डीएसपी) एलिजा गिरीले जानकारी दिइन्।
उनीहरुले मन्सुरीलाई ललाइ फकाइ मदिरा बुवाएर मताएपछि लुटपाट गरेका प्रहरीले जनाएको छ।
लुटपाटपछि फरार भएका बैठा र सोनारलाई प्रहरीले कटहरियाबाटै पक्राउ गरेको हो। उनीहरुको साथबाट ५९ हजार रुपैयाँ बरामद भएको डीएसपी गिरीले बताइन्।
उनीहरुलाई चोरी तथा डाका सम्बन्धी कसुरमा कारबाही प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ।
Shares

प्रतिक्रिया