सर्लाहीमा करेन्ट लागेर एक मजदुरको मृत्यु भएको छ।
हरिवन नगरपालिका २ अत्रौलीमा करेन्ट लागेर बर्दिया घर भएका २८ वर्षीय अशोक चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ।
हरिवन २ अत्रौली लालभित्तिमा निर्माण भइरहेको मोटरेवल पुल निर्माणमा खटिएका चौधरीको हाइटेन्सन लाइनको तार छुँदा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
करेन्ट लागेर गम्भीर घाइते भएका चौधरीलाई साथीहरुले तत्कालै उपचारको लागि हरिवनस्थित नमूना अस्पताल पुर्याएका थिए।
अस्पताल पुर्याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका प्रहरीले जनाएको छ।
39
Shares

प्रतिक्रिया