ad ad

समाज


मिटरब्याज : १६ लाख दाबी गर्नेले ११ लाखमै चित्त बुझाए, सीडीओ कार्यालमा भयो सहमति

मिटरब्याज : १६ लाख दाबी गर्नेले ११ लाखमै चित्त बुझाए, सीडीओ कार्यालमा भयो सहमति

नेपालखबर
भदौ ८, २०८० शुक्रबार १२:४९, सर्लाही

सर्लाहीमा एकजना मिटरब्याज पीडितले पीडकले दाबी गरेभन्दा पाँच लाख रुपैयाँ कम रकम तिरेर सहमति गरेका छन्।

अनुचित लेनदेन (मिटरब्याज)बाट पीडित मलंगा नगरपालिका- २ का फेकु रायले मलंगवा नपा- ३ का जोगिन्द्र साह सुनारलाई पाँच लाख रुपैयाँ कम रकम दिएर सहमति गरेका हुन्। 

सुनारले रायसँग ११ लाख रुपैयाँ लिएर सहमति गरेका सर्लाहीमा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए। 

‘सुनारले रायलाई दिएको ८ लाख ८७ हजार रुपैयाँ ऋणको ३६ प्रतिशत व्याज जोडेर १६ लाख रुपैयाँ पुर्याएका रहेछन्,’ सीडीओ यादवले नेपालखबरसँग भने, ‘पीडित पक्षले दिएको निवेदनको आधारमा हामीले छलफल गर्यौं। सुनारलाई १० प्रतिशत भन्दा धेरै व्याजदर नलिन आग्रह गर्यौं। उनी सहमत भएपछि ऋणीले ११ लाख रुपैयाँ मात्रै तिरेर सहमति गरिएको छ।’

लिखित सहमतिपछि ऋणि यादवले सीडीओ कार्यालयमै ल्याएर ठाकुरलाई ११ लाख रुपैयाँ नगद बुझाएका छन्। 

सरकारले अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोग गठन गरेपछि सर्लाहीमा अहिलेसम्म अनुचित लेनदेनका १ हजार ९ सय २० उजुरी दर्ता भएका छन्। 

दर्ता भएकामध्ये अहिलेसम्म ५ सय ४० वटा उजुरीमा सहमति जुटेको सीडीओ कार्यालयले जनाएको छ।

‘उजुरी परेका केही आरोपी फरार छन्। कतिपय पीडक र पीडितबीच सहमतिको लागि हामी थप छलफल गरिरहेका छौँ,’ सीडीओ यादवले भने। 

उनले मिटरब्याज लिएर ऋणीको उठिबास लगाउने तर, सहमतिमा नआउने मलंगवाका चुनचुन ठाकुरलाई चार दिनअघि मात्रै पक्राउ गरेर हिरासतमा राखिएको जानकारी दिए।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .