ad ad

समाज


सर्लाहीमा बाढीबाट दुई जनाको ज्यान गयो, ७२ जनाको उद्धार

सर्लाहीमा बाढीबाट दुई जनाको ज्यान गयो, ७२ जनाको उद्धार

बाढीपछिको डुबान। तस्बिर : रासस


रासस
साउन २४, २०८० बुधबार ९:२, काठमाडौँ

सर्लाहीमा भारी वर्षाका कारण खोलामा आएको बाढीले बगाउँदा दुई जनाको ज्यान गएको छ। मङ्गलबार साँझ बाढीमा फसेका ७२ जनाको उद्धार गरिएको छ। 

सर्लाहीको बाँके खोलाले बगाउँदा हरिपुर्वा नगरपालिका–७ का ६० वर्षीय भोला चौधरीको मृत्यु भएको प्रहरी उपरीक्षक नरेशराज सुवेदीले बताए। चौधरी सोमबार रातिदेखि नै बेपत्ता थिए। उनको शव मङ्गलबार बाँके खोलामा शव फेला परेको हो। 
 
त्यस्तै सर्लाहीको बरहथवा नगरपालिकाअन्तर्गत पर्ने हजरियामा बागमती नदीमा आएको बाढीले बगाउँदा खेतमा काम गर्न गएका रौतहटको गढीमाई नगरपालिका–२ समनपुरका ६५ वर्षीय सहिद राईन भाटको मृत्यु भएको छ।

स्थानीयले उद्धार गरी अस्पताल पुर्‍याएपछि उनलाई चिकित्सकले मृत घोषणा गरे। बागमतीको बाढीले समनपुर घाटमा सर्लाहीतर्फको सडक बगाएको छ। 

यसैबीच बाढीका कारण बागमती नदीमा फसेका व्यक्तिलाई सुरक्षाकर्मीले उद्धार गरेका छन्। 

सर्लाहीको धनकौल गाउँपालिकाअन्तर्गत पर्ने महिनाथपुरका स्थानीय मङ्लगबार दिउँसो घाँस काट्न तथा गाईवस्तु चराउन गएका थिए। 

बाढीमा फसेकामध्ये ७० जनाको नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले उद्धार गरेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए। कतिपय व्यक्तिले पौडी खेलेर ज्यान जोगाएका थिए। 

त्यस्तै सर्लाहीको रामनगर गाउँपालिका–२ इनरर्वास्थित बागमती नदीमा पुल निर्माणमा चौकीदारको काम गर्ने दुई जनाको प्रहरीले उद्धार गरेको छ।

बाढी आएपछि दुवै जना ज्यान जोगाउन रुखमा चढेका थिए। लगत्तै उनीहरुको उद्धार गरिएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपेन्द्र पञ्जियार थारूले बताए। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .