समाज


सुरक्षाकर्मीले चलाएको गोली लागेर घाइते भएका युवकको १६ दिनपछि मृत्यु

सुरक्षाकर्मीले चलाएको गोली लागेर घाइते भएका युवकको १६ दिनपछि मृत्यु

नेपालखबर
चैत २३, २०८२ सोमबार १०:५१, बुटवल

कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–वरगदा घटनामा सुरक्षाकर्मीको गोली लागेर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ। 
 
महाराजगञ्ज नगरपालिका–भुटहनियाका २२ वर्षीय जितेन्द्र यादवको उपचारको क्रममा आज बिहान चितवन मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डीएसपी रिपेन्द्र कुमार सिंहले नेपालखबरलाई जानकारी दिए । 

अवस्था सामान्य बन्दै गएको भन्दै उनलाई चिकित्सकले वार्डमा सारेका थिए।  वार्डमै उनको मृत्यु भएको हो। 

यही चैत ७ गते वरगदा गाउँमा हिन्दु–मुस्लिम समुदायबीच भएको झडपपछि स्थिति तनावग्रस्त बनेको थियो। 

सोही क्रममा भीड नियन्त्रण गर्न खटिएका सुरक्षाकर्मी चलाएको गोली पेटमा लागेर यादव घाइते भएका थिए। गोली लागेर गम्भीर घाइते भएका यादवलाई उपचारका लागि चितवन लगिएको थियो।

डीएसपी सिंहले अवस्था नियन्त्रणमा लिन नेपाल प्रहरी र शशस्त्र प्रहरीले फायरिङ गरेको बताउँदै उनलाई कस्को गोली लाग्यो भन्ने अनुसन्धानकै क्रममा रहेको बताए। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad