नेपालगञ्ज उपमहानगरपालिकाले रत्न राजमार्ग आसपासमा अतिक्रमण गरी बनाइएका घर, टहरा हटाउन सुरु गरेको छ।
उपमहानगरले बिपीचोकबाट धम्बोझी चोकसम्म राजमार्गदेखि २१ मिटरभित्रका घर, टहरा हटाउन सुरु गरेको हो। नेपालगञ्ज उपमहानगरका मेयर प्रशान्त विष्टले त्यस क्षेत्रमा अपाङ्गमैत्री संरचना निर्माणका लागि ठेक्का सम्झौता भइसकेकाले अतिक्रमण हटाउन सुरु गरिएको जानकारी दिए।
हरियाली प्रवर्द्धन गर्न रुख बिरुवासमेत रोपिने उल्लेख गर्दै डेढ वर्षमा गणेशमान चोकदेखि बिपीचोक र धम्बोझी चोकदेखि पुप्पलाल चोकसम्म पूर्वाधार निर्माण गरिने उनको भनाइ छ। यसका लािग ४९ लाख ५० हजार रुपैयाँमा ठेक्का लगाइएको छ।
हाल बिपीचोकदेखि धम्बोझी चोकसम्म अतिक्रमण हटाइने उनको भनाइ छ। उपमहानगरले यसअघि सार्वजनिक सूचना जारी गर्दै अतिक्रमण गरेका जग्गा खाली गर्न आग्रह गरेको थियो। (रासस)

प्रतिक्रिया