समाज


गुल्मीमा चट्याङ लागेर ४ वर्षीया बालिकाको मृत्यु, बुवाआमासहित ५ जना घाइते

गुल्मीमा चट्याङ लागेर ४ वर्षीया बालिकाको मृत्यु, बुवाआमासहित ५ जना घाइते

नेपालखबर
असोज ९, २०८२ बिहिबार ७:२२, गुल्मी

गुल्मीमा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ भने अन्य पाँचजना घाइते भएका छन्। चट्याङ लागेर तीनवटा गोरु पनि मरेका प्रहरीले जनाएको छ। 

मदाने गाउँपालिका–५ झ्यानपानीमा बुधबार राति चट्याङ पर्दा स्थानीय नेरसिंह विककी चार वर्षीया छोरी रियासा विकको मृत्यु भएको हो। 

आफ्नै घरमा बुवाआमासँग सुतिरहेको बेला परेको चट्याङ लाग्दा बालिकाको मृत्यु भएको हो।

चट्याङ लागेर बालिकाका बुवा २३ वर्षीया नेरसिंह र आमा २२ वर्षीया सुन्तली घाइते भएका जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

चट्याङ लागेर बालिकाको घटनास्थलमै मृत्यु भएको हो। घाइते पतिपत्नीलाई स्थानीय मेडिकलमा सामान्य उपचार पश्चात् थप उपचारको लागि जिल्ला अस्पताल प्यूठान लगिएको छ। 

त्यसैगरि गुल्मीकै इस्मा गाउँपालिका-४ दोहोलीमा पनि हिजो परेको चट्याङले लागेर तीन जना घाइते भएका छन्।।

इस्मा ४ की ४६ वर्षीया निर्मला खत्री, इस्मा-५ बेसारीकी २५ वर्षीया कालीका खत्री र धुर्कोट गाउँपालिका-७ वाग्ला धरमपानीका ५८ वर्षीय कृष्णप्रसाद पन्थी चट्याङ लागेर घाइते भएका प्रहरीले जनाएको छ। 

घाइतेमध्ये खत्रीद्वयको घरमै बसिरहेको अवस्थामा र पन्थीको मकै केलाउने क्रममा घरको आँगनमा चट्याङ लाग्दा घाइते भएका हुन्। घाइते सबैको अहिले गुल्मी अस्पताल तम्घासमा उपचार भइरहेको छ।

यसैबीच चट्याङ लागेर गुल्मीको मालिका गाउँपालिका-४ खामदेशस्थित सामुदायिक वनमा दुर्गाप्रसाद अर्याल र चिरञ्जीवी अर्यालका तीन वटा गोरुसमेत मरेका छन्।

    

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad