समाज


स्कुलबाट घर फर्किँदै गरेका ७ वर्षीय बालकको अरिंगालको टोकाइबाट मृत्यु

५ जना बालबालिका गम्भीर घाइते
स्कुलबाट घर फर्किँदै गरेका ७ वर्षीय बालकको अरिंगालको टोकाइबाट मृत्यु

फाइल तस्बिर


नेपालखबर
भदौ ६, २०८२ शुक्रबार १०:३६, राेल्पा

रोल्पामा अरिंगालले टोक्दा एकजना स्कुले बालकको मृत्यु भएको छ। अरिंगालको टोकाइबाट अन्य पाँचजना बालबालिका गम्भीर घाइते भएका छन्। 

त्रिवेणी गाउँपालिका–७ गैरीगाउँस्थित वीरेन्द्र माविमा अध्ययनरत सात वर्षीय मोहन परियारको अरिंगालको टोकाइबाट मृत्यु भएको प्रहरीले जनाएको छ। 

बिहीबार विद्यालयबाट तिला जंगलको बाटो हुँदै घर फर्कँदै गरेका सातजना बालबालिकाको समूहलाई अरिंगालले टोकेको थियो। 

अरिंगालको टोकाइबाट गम्भीर बिरामी परेका मोहन परियारको रोल्पा अस्पतालमा उपचारका क्रममा गएराति मृत्यु भएको हो। 

घाइते पाँच जना बालबालिकाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। उनीहरुलाई थप उपचारका लागि घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ। 

कक्षा १० की सुनिता परियार, कक्षा ५ का शंकर परियार, कक्षा ४ का मनिषा परियार, शिशु कक्षामा पढ्ने कमल परियार र आशिष परियार घाइते भएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad