दाङका एक जनप्रतिनिधिले आफूले पाल्दै आएको कुकुर मरेपछि कपाल मुण्डन गरेर ‘काजकिरिया’ गरेका छन्।
तुलसीपुर उपमहानगरपालिका-१७ का वडा सदस्य शशिधर पौडेलले कुकुरको काजकिरिया गरेका हुन्।
पौडेलले विगत नौ वर्षदेखि पाल्दै आएकोे ‘रमी’ नामको कुकुर यही साउन ६ गते अन्य कुकुरको आक्रमणबाट मरेको थियो।
नौ दिनसम्म कुकुरको किरियाकर्म गरेपछि उनले टोलभरीका कुकुरलाई बोलाएर भोजनसमेत गराएका छन्। कुकुरप्रति श्रद्धाञ्जली व्यक्त गर्न आयोजित कार्यक्रममा उनले भने, ‘हामी कतै बाहिर जाँदा रुदै आँखाबाट पिलपिल आँशु निकाल्थ्यो। यस्तो कुकुरको मृत्यु हुँदा हाम्रो मन निकै दुखेको छ।’
साउन ६ गते घर बाहिर निक्किएको बेला सामुदायिक कुकुरको आक्रमणमा परेर मरेको अवस्थामा तुलसीपुर–१७ कै चौवाखोलामा ‘रमी’ फेला परेको थियो।
411
Shares

प्रतिक्रिया