समाज


पतिपत्नी सवार मोटरसाइकलमाथि पहिरो खस्यो, पतिको मृत्यु, पत्नी घाइते

पतिपत्नी सवार मोटरसाइकलमाथि पहिरो खस्यो, पतिको मृत्यु, पत्नी घाइते

फाइल तस्बिर


नेपालखबर
असार २५, २०८२ बुधबार ५:३६, पाल्पा

पाल्पामा गुडिरहेको मोटरसाइकलमाथि पहिरो खस्दा चालकको मृत्यु भएको छ। 

मंगलबार साँझ भएको यो घटनामा मोटरसाइकलकी पत्नी घाइते भएकी जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। 

मृत्यु हुनेमा रामपुर नगरपालिका-५ तालपोखराका ३६ वर्षीय जनक भण्डारी रहेका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिए। 
मोटरसाइकलको पछाडि सवार भण्डारीकी पत्नी २९ वर्षीया कल्पना चापागाईं घाइते भएकी छन्।

पहिरोमा गम्भीर घाइते भण्डारीलाई उपचारका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन्।

पाल्पाबाट बुटवलतर्फ जाँदै गरेको लु.५१ प ६६३३ नम्बरको मोटरसाइकललाई सिद्धार्थ राजमार्गमा पर्ने तिनाउ गाउँपालिका-३ माथिल्लो सिद्धबाबा खण्डमा पहिरोमा परेको हो। 

ढुंगासहितको पहिरोले लाग्दा भण्डारी दम्पती सडकबाट ३० मिटर तल खसेका थिए। 

घाइते कल्पनाको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। उनको अवस्था सामान्य छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad