बर्दियामा चितुवाको आक्रमणबाट ९ वर्षीया बालिकाको मृत्यु भएको छ।
गुलरिया-८ डम्पिङस्थित सामुदायिक वन क्षेत्रमा सोमबार बिहान चितुवाले आक्रमण गर्द एक बालिकाको मृत्यु भएको हो।
मृत्यु हुनेमा बर्दियाकै गेरुवा गाउँपालिका-६ कि मेलिना खड्का रहेकी छन्।
आफ्नी काकीसँगै वनमा घाँस, दाउरा लिन जाँदा उनलाई चितुवाले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक केदार खनालले जानकारी दिए।
जिल्ला अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
81
Shares

प्रतिक्रिया