राजनीति


सरकार दमन र शक्ति प्रदर्शनमा लागिरहेको छ : अर्याल

सरकार दमन र शक्ति प्रदर्शनमा लागिरहेको छ : अर्याल

फाइल तस्बिर


नेपालखबर
बैशाख १५, २०८२ सोमबार १२:३४, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले सरकारले आन्दोलनरत समूहमाथि दमन र शक्ति प्रदर्शन गरिरहेको आरोप लगाएका छन्।

प्रतिनिधिसभाको सोमबारको बैठकलाई सम्बोधन गर्दै उनले विभिन्न पेसागत कर्मचारीहरु आन्दोलनमा हुँदा समेत सरकारले अनदेखा गरेको टिप्पणी गरे। शिक्षक आन्दोलनमा घाइते भएकाहरुको उपचारको प्रबन्ध सरकारले गर्नुपर्ने माग समेत अर्यालले राखे।

‘विभिन्न माग राखेर विभिन्न पक्षले सडकमा आन्दोलन गरिराखेका छन्, सरकार त्यो आन्दोलन देख्दैन,’ उनले भने, ‘सरकार दमन र आफ्नो शक्ति प्रदर्शनमा लागिरहेको छ। हिजो जति जना पनि घाइते हुनुभएको छ, उहाँहरुलाई शीघ्र स्वास्थ्य लाभको कामनासहित उपचारको लागि सरकारसँग माग गर्दछौँ।’

फरक प्रसंगमा बोल्दै अर्यालले अगामी आर्थिक वर्षको बजेट बुढीगण्डकी जलविद्युत आयोजनालाई सम्बोधन हुनेगरी आउनुपर्ने बताए। मुलुकमा रोजगारी वृद्धि गर्नको लागि तीन सिफ्टमा काम गर्ने व्यवस्थासहितको बजेट आउनुपर्ने उनको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad