समाज


श्रीमानको किरिया बसेको पाँचौँ दिनमा श्रीमती पनि बितिन्

श्रीमानको किरिया बसेको पाँचौँ दिनमा श्रीमती पनि बितिन्

नेपालखबर
बैशाख १४, २०८२ आइतबार ५:२३, दाङ

दाङको तुलसीपुरमा श्रीमानको मृत्युपछि किरिया बसेकी एक महिलाको मृत्यु भएको छ। 

तुलसीपुर-७ मोतिपुरकी ६० वर्षीया भगवती शर्माको श्रीमानको किरिया बसेको अवस्थामै मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।

पाँच दिनअघि मृत्यु भएका पति नारायणप्रसाद आचार्यको किरियामा बसेकी शर्मा आज बिहान अचानक बिरामी भएपछि उपचारका लागि राप्ती लाइफ केयर अस्पताल मोतिपुर लगिएको थियो। 

उपचारका क्रममा उनको निधन भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ। 

श्रीमानको निधनको छैटौँ दिनमा उहाँको निधन भएपछि परिवार, आफन्त तथा स्थानीय शोकमा डुबेका छन्। शर्मा नेपाल रेडक्रसका केन्द्रीय सदस्य तथा विभिन्न सामाजिक सङ्घसंस्थामा आबद्ध थिए। 

भगवतीको शव परीक्षणका लागि राप्ती प्रादेशिक अस्पतालमा राखिएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad