पाल्पामा एक पुरुषको शव फेला परेको छ। रामपुर–३, चनौली घर भएका ५६ वर्षीय रेमबहादुर सूर्यवंशी घर नजिकै घरबारीमा मृत फेला परेका जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।
सूर्यवंशी हाल बगनासकाली–२, पोखराथोकमा बस्दै आएका थिए।
घरदेखि केही फर रहेको खरबारीमा उनलाई मृत फेला पारिएको पाल्पाका प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिए।
उनको शव पोष्टमार्टमका लागि तानसेनस्थित पाल्पा अस्पतालमा पठाइएको छ। मृत्युको कारण खुलेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
165
Shares

प्रतिक्रिया