समाज


स्टिल उद्योगभित्र क्रेनले किच्दा कामदारको मृत्यु

स्टिल उद्योगभित्र क्रेनले किच्दा कामदारको मृत्यु

नेपालखबर
पुस १९, २०८१ शुक्रबार ९:४४, नवलपरासी

नवलपरासी पश्चिमको सुनवलमा उद्योग परिसरमा क्रेनले किच्दा एकजना मजदुरको मृत्यु भएको छ।

सुनवल नगरपालिका ७ चारपालास्थित लक्ष्मी स्टिल उद्योग परिसरमा भएको दुर्घटनामा रुपन्देहीको मायादेवी गाउँपालिका ५ तिलौरा बस्ने २५ वर्षीय सुरेश चौधरीको मृत्यु भएको हो।

उनी सोही उद्योगमा कार्यरत मजदुर हुन्। उद्योगभित्र काम गरिरहेको अवस्थामा अचानक चप्पल चिप्लिँदा उनी लडेका थिए। सोही क्रममा उद्योगको सामान ओसार्ने लु १ क ३००१  नम्बरको क्रेनको चक्काले किच्दा उनी गम्भीर घाइते भएका थिए।

उनलाई उपचारको लागि देवदह मेडिकल कलेज भलुही पुर्याउँदा डाक्टरले मृत घोषणा गरेका डीएसपी रेशम बोहराले जानकारी दिए। 

उनको शव पोष्टमार्टमका लागि भिम अस्पताल रुपन्देहीमा राखिएको छ। दुर्घटनापछि क्रेन र त्यसका साहुलाई प्रहरीले पक्राउ गरेको छ। क्रेन चालक भने घटनापछि फरार छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad