गण्डकी


रवि लामिछानेलगायत प्रतिवादीतर्फको बहस आजदेखि

रवि लामिछानेलगायत प्रतिवादीतर्फको बहस आजदेखि

नेपालखबर
पुस १९, २०८१ शुक्रबार १०:९, काठमाडौँ

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा आज (शुक्रबार) देखि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलगायत प्रतिवादीका तर्फबाट बहस हुँदै छ। 

जाहेरवालातर्फको बहस बिहीबार सकिएपछि आजदेखि प्रतिवादी पक्षका वकिलहरूले बहस गर्ने भएका हुन्।

कास्की जिल्ला अदालतमा दर्ता मुद्दामा बिहीबार जाहेरवालाका तर्फबाट ६ जना कानुन व्यवसायीले बहस गरेका थिए।

यसअघि सरकारी वकिलका तर्फबाट बुधबार बहस सकिएको थियो।

प्रतिवादीका तर्फबाट बहस सकिएपछि पुनः सरकारी वकिलले जवाफी बहस गर्नेछन्।

पीडित जाहेरवालाका कानुन व्यवसायीले लामिछानेलगायतका अभियुक्त थुनामै राखेर मुद्दाको बाँकी कारबाही अघि बढाउन माग गरेका छन्।

उक्त मुद्दामा कास्की जिल्ला अदालतका न्यायाधीश नितिज राईको इजलासमा मंगलबारदेखि थुनछेक बहस जारी छ। 

लामिछानेसहित पूर्वडीआईजी छविलाल बन्जाडे जोशी, लीला पछाईं, रामबहादुर खनाल, पूर्वसांसद मीना गुरुङ, कृष्णबहादुर गुरुङ र आरती गुरुङलाई बहसका क्रममा इजलासमै उपस्थित थिए।

अन्य प्रतिवादी भने फरार छन्।

पोखराको सूर्यदर्शन सहकारी ठगीमा विभिन्न संस्थासमेत ४४ प्रतिवादी छन्।

जसमध्ये ३१ प्रतिवादी सहकारी ठगीमा छन्। उनीहरूबाट १ अर्ब ५१ करोड ४० लाख रुपैयाँभन्दा बढी बिगो माग गरिएको छ।

प्रतिवादीमध्ये रविसहित १९ जनालाई संगठित अपराध, रविसहित ४ जनालाई सम्पत्ति शुद्धीकरण पनि र २ जनालाई क्रिप्टोको कसुरमा समेत अभियोगपत्र दायर गरिएको छ।

सम्पत्ति जफतका लागि रविकी पत्नी निकितासहित ५ जनालाई प्रतिवादी बनाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad