समाज


पाल्पामा पिकअप भ्यानले ठक्कर दिँदा पैदलयात्रुको मृत्यु

पाल्पामा पिकअप भ्यानले ठक्कर दिँदा पैदलयात्रुको मृत्यु

नेपालखबर
मंसिर ७, २०८१ शुक्रबार ९:५४, पाल्पा

पाल्पामा गएराति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ। 

मृत्यु हुनेमा रैनादेवी छहरा गाउँपालिका-१ सिद्धेश्वरका ४२ वर्षीय खड्कबहादुर पुन रहेका जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। 

रैनादेवी छहरा-४ धजाबान्नेस्थित अमलाबास-भुवनपोखरीको भित्री कच्ची सडक खण्डमा भुवनपोखरीबाट सिद्धेश्वर जाँदै गरेको लु १ ज ४२३१ नम्बरको पिकअप जिपले ठक्कर दिँदा पुनको मृत्यु भएको हो। 

दुर्घटनामा गम्भीर घाइते भएका पुनलाई उपचारका लागि तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभास पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ। 

दुर्घटनापछि पिकअप भ्यानका चालकलाई प्रहरीले पक्राउ गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad