पाल्पामा एक महिला मृत फेला परेकी छन्।
रामपुर नगरपालिका ३ मा पर्ने बगाहा–सीताकुण्ड सडक खण्डमा स्थानीय डिलबहादुर सारुकी श्रीमती ६५ वर्षीया सुकमाया गिरी सारु शनिबार साँझ मृत फेला परेकी हुन्।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार सडकको नालीमा अचेत अवस्थामा भेटिएकी सुकमायालाई उपचारका लागि रामपुर अस्पताल लगिएको थियो।
अस्पताल पुर्याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्। उनको मृत्युको कारण खुलेको छैन।
घटनाका सम्बन्धनमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
57
Shares

प्रतिक्रिया