सुदूरपश्चिम


डोटीमा जिपले मोटरसाइकललाई ठक्कर दिँदा पछाडि बसेका युवकको मृत्यु, चालक घाइते

डोटीमा जिपले मोटरसाइकललाई ठक्कर दिँदा पछाडि बसेका युवकको मृत्यु, चालक घाइते

प्रतीकात्मक तस्बिर


नेपालखबर
मंसिर २, २०८१ आइतबार ७:३८, डोटी

डोटीको शिखर नगरपालिका-८ खुनस्थित भीमदत्त राजमार्गमा मोटरसाइकललाई जिपले ठक्कर दिँदा युवकको मृत्यु भएको छ। 

दुर्घटनामा मोटरसाइकलमा पछाडि बसेका दिपायल सिलगढी नगरपालिका-१ सिर्खोलीका ३२ वर्षीय लोकेन्द्र साउदको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालयका अनुसार शनिबार साँझ  डडेल्धुराबाट दिपायलतर्फ आइरहेको मोटरसाइकललाई जिपले ठक्कर दिएको हो। 

दुर्घटनामा  घाइते भएका मोटरसाइकल चालक प्रकेश विकलाई सुजङ्ग अस्पतालमा सामान्य उपचारपश्चात् थप उपचारका लागि धनगढी पठाइएको छ। ठक्कर दिने जिप र चालककको खोजी भइरहेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad