ad ad

समाज


बाँकेमा तीव्र गतिका २ मोटरसाइकल आपसमा ठोकिँदा दुवै चालकको मृत्यु

३ जना गम्भीर घाइते
बाँकेमा तीव्र गतिका २ मोटरसाइकल आपसमा ठोकिँदा दुवै चालकको मृत्यु

फाइल फोटो


नेपालखबर
असोज ३, २०८१ बिहिबार १०:१८, काठमाडौँ

बाँकेको कुण्डा–नारायणपुर हुलाकी सडकअन्तर्गत राप्तीसोनारी गाउँपालिका–४ लालपुरमा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा तीन जना गम्भीर घाइते भएका छन्। 

दुर्घटनामा परी गम्भीर घाइते भएका सोही गाउँपालिकाको वडा नम्बर ४ निवासी ३७ वर्षीय रामशरण थारु र वडा नम्बर ३ निवासी १९ वर्षीय वसन्त थारुको उपचारका क्रममा गएराति मृत्यु भएको इलाका प्रहरी कार्यालय बैजापुरका प्रहरी नायव निरीक्षक भद्रसिंह वलीले जानकारी दिए। 

रामशरणले चलाएको भे १२ प ३१९५ नंको मोटरसाइकल र वसन्तले चलाएको भे १२ प ४८२८ नंको मोटरसाइकल आपसमा ठोक्किँदा दुवैजना गम्भीर घाइते भएका थिए।  

दुवैको नेपालगञ्जस्थित शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। 

दुर्घटनामा रामशरणले चलाएको मोटरसाइकलमा सवार बर्दिया राजापुर नगरपालिका ४ निवासी ३८ वर्षीय अजय थारु र वसन्तले चलाएको मोटरसाइकलमा सवार वडा नं ३ खैरनी निवासी सञ्जय थारु र सङ्गीन थारु घाइते भएका छन्। 

घाइतेहरूको  शिक्षण अस्पताल नेपालगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ। रासस
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .