ad ad

समाज


नवलपरासीमा सर्पको टोकाइबाट २० वर्षीया युवतीको मृत्यु

नवलपरासीमा सर्पको टोकाइबाट २० वर्षीया युवतीको मृत्यु

फाइल तस्बिर


नेपालखबर
साउन ५, २०८१ शनिबार ६:५६, नवलपरासी

नवलपरासी पश्चिममा विषालु सर्पको टोकाइबाट एक युवतीको मृत्यु भएको छ।

मृत्यु हुनेमा नवलपरासीको बर्दघाट नगरपालिका-१४ की २० वर्षीया सोनिया खनाल छिन्। 

उनलाई शुक्रबार राति पिसाब फेर्न गएको बेला विषालु सर्पले टोक्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवरपरासी पश्चिमले जनाएको छ। 

सर्पले टोकेपछि उनलाई उपचारका लागि सुरुमा स्थानीय सरोज मेडिकलमा लगिएको थियो। त्यहाँ उपचार सम्भव नहुने भएपछि जिल्ला अस्पताल परासी पुर्याउँदा डाक्टरले मृत घोषणा गरेका हुन्।

उपचारमा आउन ढिलाइ हुँदा युवतीलाई बचाउन नसकिएको चिकित्सकले बताएका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .