ad ad

समाज


राप्ती नदीमा माछा मार्न गएका सनबहादुर फर्केनन्

राप्ती नदीमा माछा मार्न गएका सनबहादुर फर्केनन्

फाइल तस्बिर


नेपालखबर
जेठ २७, २०८१ आइतबार ५:३३, दाङ

दाङमा राप्ती नदीमा माछा मार्ने क्रममा डुबेर एकजनाको मृत्यु भएको छ। 

इलाका प्रहरी कार्यालय भालुवाङका अनुसार दाङ राप्ती गाउँपालिका–२ बराखुट्टी निवासी ४० वर्षीय सनबहादुर पुनको मृत्यु भएको हो। 

शीतगङ्गा नगरपालिका–८ को बडिदमार भन्ने स्थानमा शनिबार साँझ जाल हानेर माछा मार्ने क्रममा पुन नदीमा डुबेर बेपत्ता भएका थिए। 

उनको शव ५० मिटर तल फेला परेको मृतकका भिनाजु रामबहादुर घर्तीले बताए। पुनको शव परीक्षणका लागि लमही अस्पताल राखिएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .