ad ad

समाज


गुल्मीमा जिप भिरबाट खस्यो, ३२ वर्षीया महिलाको मृत्यु, ७ जना घाइते

गुल्मीमा जिप भिरबाट खस्यो, ३२ वर्षीया महिलाको मृत्यु, ७ जना घाइते

नेपालखबर
जेठ २१, २०८१ सोमबार १२:१७, काठमाडौँ

गुल्मीको सत्यवतिमा जिप भिरबाट खस्दा एक महिलाको मृत्यु भएको छ। दुर्घटनामा अन्य ७ जना घाइते भएका प्रहरीले जनाएको छ। 

दुर्घटनामा सत्यवती गाउँपालिका-८ भार्सेकी ३२ वर्षीया कमला बुढाथोकीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। 

गुल्मीका प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेलका अनुसार आज बिहान कालिगण्डकी  गाउँपालिका ४ ओक्याङस्थित भित्री कच्ची सडक खडमा ग २ च ३२६२ नम्बरको बलेरो गाडी भिरबाट खसेको हो।

आफैँ अनियन्त्रित भएर बोलेरो गाडी सडकबाट झण्डै चारसय मिटर तल खसेको प्रहरीले जनाएको छ। 

दुर्घटनामा जिपमा सवार ८ मध्ये ७ जना घाइते भएका छन्। घाइतमध्ये ४ जनाको अवस्था गम्भीर छ। 

दुर्घटनामा २९ वर्षीय  केशव राना, ३७ वर्षीया रीता छन्तेल, ४ वर्षीया ईरिसा छन्तेल, २६ वर्षीय अजय नेपाली, ७५ वर्षीय टेकबहादुर काला, ४६ वर्षीय दुरपति बराल र २३ वर्षीया मेख बराल घाइते भएका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .