गैरकानुनी रुपमा अवैध बाटो हुँदै अमेरिका पठाएको आरोपमा दाङमा एमाले नेता टोपबहादुर जिसी पक्राउ परेका छन्।
डुंगामा बेपत्ता परेकामध्ये दाङका एञ्जल बुढा मगरका परिवारले दिएको जाहेरीका आधारमा जिसीलाई प्रहरीले पक्राउ गरेको हो।
दाङका प्रहरी प्रमुख एसपी वीरवहादुर वलीले जिसी प्रहरी कार्यालयको हिरासतमा रहेकाले पीडित पक्षलाई पनि बोलाइएको बताए।
जिसी २०७६ मा मानव बेचबिखनमै पक्राउ परे पनि १५ लाख धरौटीमा छुटेर पुन मानव तस्करीमा सक्रिय भएका थिए।
काठमाडौँ जिल्ला अदालतले २०७७ पुस १९ गते जिसी विरुद्ध २ वर्ष कैद र १२ लाख जरिवानाको फैसला गरेपछि पनि उनी दाङमा पक्राउ परेका थिए।
तर दाङका तत्कालीन प्रहरी प्रमुख गणेश चन्दले उनलाई छाड्दा उनले पुन तस्करीको धन्दा सुरु गरेका थिए।
जिसीको समूहले एमाले नेता तथा पूर्व प्रदेश सभा सदस्य स्वर्गीय उत्तर कुमार वलीसँग मिलेर मानव तस्करीको धन्दा सुरु गरेको बताइन्छ।
उत्तरको मृत्युपछि अघिल्लो कार्यकालमा उनकी श्रीमती विमला वली सांसद र लुम्बिनी प्रदेश मन्त्री बनेकी थिइन्।वलीसमेत यो घटनाकी प्रतिवादी छन्।
723
Shares

प्रतिक्रिया