झापाको झापा गाउँपालिका-१ सालमारास्थित एक घरबाट प्रहरीले ठूलो परिणाममा स्याउ नियन्त्रणमा लिएको छ।
सशस्त्र प्रहरी बल नेपाल बीओपी टाघनडुब्बा र इलाका प्रहरी कार्यालय कुमारखोदबाट खटिएको संयुक्त टोलीले स्थानीय जालिम मियाको घरबाट स्याउ नियन्त्रणमा लिएको हो। नेपालबाट भारततर्फ अवैध रूपमा निकासी गर्नका लागि लुकाई राखेको स्याउ नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ।
जिल्ला प्रहरी कार्यालय, झापाका अनुसार, १०४ कार्टुन स्याउको तौल दुई हजार ८० किलोग्राम छ। बिल बिजक नभएको स्याउको बजार मूल्य करिब आठ लाख ४० हजार रुपैयाँ बराबर रहेको प्रहरीले जनाएको छ। नियन्त्रणमा लिएको स्याउलाई प्रहरीले भन्सार कार्यालयलाई बुझाएको छ। ।
135
Shares

प्रतिक्रिया