समाज


झापामा हावाहुरीका कारण लाखौँको क्षति

झापामा हावाहुरीका कारण लाखौँको क्षति

नेपालखबर
चैत १४, २०८२ शनिबार १६:५२, ​विराटनगर

झापाको मेचीनगर र गौरादह क्षेत्रमा  राति आएको हावाहुरी र वर्षाले ठुलो भौतिक क्षति पुर्‍याएको छ।

हावाहुरीले मेचीनगर नगरपालिका–१० आम्दा रोडस्थित सुरज चौधरीले सञ्चालन गरेको दुर्गा कुचो खरिद तथा बिक्री केन्द्रको गोदामको जस्ताको छानो उडाउँदा भित्र राखिएका कुचोहरू भिजेर नष्ट भएका छन्। यस घटनाबाट मात्रै करिब ३० लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ। ​

त्यसैगरी, गौरादह नगरपालिकाका विभिन्न वडामा पनि हावाहुरीले जनजीवन प्रभावित पारेको छ। गौरादह–४ चान्दु टोलका ऐर बहादुर त्रिखत्रीको एकतले घर र भान्साकोठा भत्किँदा १ लाख ४० हजार बराबरको क्षति भएको छ ।  त्यस्तै चन्द्रमणी खनालको घरको छानो उडाउँदा अन्नपातसहित २ लाख ५० हजार बराबरको नोक्सानी भएको प्रहरीले जनाएको छ।

सोही स्थानकी पार्वता खनालको दुईतले पक्की घरको छानो उड्दा २ लाख र बिना परियारको बंगुर खोरको छानो उड्दा ६० हजार बराबरको क्षति भएको प्रहरीले जनाएकाे छ। यस्तै बालुबथानका दिल कुमार चेम्जोङको घरमा रहेको ट्रसको छानो उडाउँदा किरब २६ हजारको क्षति भएको प्रहरीले जनाएको छ। गौरादह क्षेत्रमा मात्रै कुल ६ लाख ७६ हजार बराबरको भौतिक क्षति भए पनि मानवीय र चौपाया क्षति भने नभएकाे प्रहरीले बताएकाे छ। घटनाका सम्बन्धमा स्थानीय प्रहरी टोलीले थप विवरण संकलन र अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad