समाज


गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, पछाडि बस्ने महिला गम्भीर घाइते

गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, पछाडि बस्ने महिला गम्भीर घाइते

फाइल तस्बिर


नेपालखबर
फागुन २८, २०८२ बिहिबार ५:४०, काठमाडौँ

सुनसरीको कोसी गाउँपालिका–४ मा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा सप्तरी विष्णुपुर गाउँपालिका–२ का २८ वर्षीय अमरलाल साह रहेका जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए। 
    
पूर्वपश्चिम राजमार्गअन्तर्गत इनरुवाबाट कोसी ब्यारेजतर्फ जाँदै गरेको स१च ९२१ नम्बरको स्कोर्पियोले विपरीत दिशाबाट आउँदै गरेको मधेस प्र।०६–००१ प ०९५२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक साह र पछाडि सवार २६ वर्षीया पुष्पा साह गम्भीर घाइते भएका थिए। 

अमरलालको उपचारका क्रममा मृत्यु भएको प्रनाउ खड्काले जानकारी दिए। गम्भीर घाइते पुष्पालाई थप उपचारका लागि गोल्डेन अस्पताल विराटनगर पठाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। 

स्कोर्पियो र चालक सप्तरी बोधेबर्साइ नगरपालिका–६ का २६ वर्षीय रञ्जित चौधरी जिल्ला प्रहरी कार्यालय सुनसरीको नियन्त्रणमा छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad