ग्लोबल


इरानले कतारमा हान्यो ९ ब्यालिस्टिक मिसाइल

इरानले कतारमा हान्यो ९ ब्यालिस्टिक मिसाइल

नेपालखबर
फागुन २८, २०८२ बिहिबार ५:४४, काठमाडौँ

इरानले कतारतर्फ ९ ब्यालिस्टिक क्षेप्यास्त्र र धेरैवटा ड्रोन प्रहार गरेको छ।

कतारको रक्षा मन्त्रालयले बुधबार बताएअनुसार देशको वायु रक्षा प्रणालीले ८ क्षेप्यास्त्र र सबै ड्रोन आकाशमै खसालेको छ।

मन्त्रालयले भनेको छ' 'एउटा क्षेप्यास्त्र सुनसान क्षेत्रमा खसेको छ र कुनै हताहत भएको छैन।

सुरक्षा एजेन्सीहरूले आक्रमणपछिको अवस्थाको निगरानी गरिरहेका छन्।'

अमेरिका-इजरायले गत फेब्रुअरी २८ मा संयुक्त हवाई हमला गरी आफ्ना सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको हत्या गरेपछि इरानले पनि खाडी मुलुकमा रहेका इजरायल र अमेरिकी अड्डामा ड्रोन/क्षेप्यास्त्र प्रहार गरिरहेको छ।

यसैबिच अमेरिका-इजरायको आक्रमणबाट अहिलेसम्म १ हजार ३०० भन्दा बढी मानिस मारिएको र ८ हजार घर ध्वस्त भएको इरानले बताएको छ। 

संयुक्त राष्ट्रसंघका लागि इरानका राजदूत अमिर सइद इरावनीका अनुसार देशका ९ हजार ६०० वटा आवासीय क्षेत्रमा आक्रमण गरिएको छ। हमलामा घर, बजार, अस्पताल, चिकित्सा केन्द्र र विद्यालय परेका छन्।

यस्तै इरानले आफूले पनि इजरायलका हाइफा, जेरुसेलम र तेल अभिभमा क्षेप्यास्त्र आक्रमण गरेको दाबी गरेको छ।

युद्धले अमेरिकी सेनालाई पनि असर गरेको छ। इरानको आक्रमणबाट अहिलेसम्म अमेरिकी सेनाका ७ जनाको मृत्यु र १४० जना घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad