समाज


नोबेल अस्पतालको ५ तलामाथिबाट खसे डाक्टर

नोबेल अस्पतालको ५ तलामाथिबाट खसे डाक्टर

सुमन सुस्केरा
पुस ६, २०८२ आइतबार १०:२८, विराटनगर

मोरङको विराटनगरस्थित नोबेल मेडिकल कलेजका ‘इन्टर्न डाक्टर’को अस्पताल भवनको पाँचौँ तलाबाट खसेर मृत्यु भएको छ। 

नोबेल मेडिकल कलेजमा कार्यरत सप्तरी निवासी इन्टर्न डाक्टर अमित यादवको आज बिहान ६ बजेतिर अस्पतालको भवनबाट खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। 

उनले अस्पतालको पाँचौं तलाबाट हाम फालेर आत्महत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ। 

अस्पतालको पाँचौँ तलाबाट खसेका यादव मेन गेट अगाडि गम्भीर घाइते अवस्थामा भेटिएका थिए । टाउकोमा गम्भीर चोट लागेका यादवलाई तत्कालै आकस्मिक कक्षमा लगिएकोमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी कोपिला चुडालले जानकारी दिइन्। 

सप्तरीको राजविराज नगरपालिका वडा नम्बर- ९ घर भएका यादवले मानसिक समस्याको औषधि समेत खाँदै आएको उनका बुबा शम्भुप्रसाद यादवले जानकारी दिएका छन्। 

अस्पताल प्रशासनले यसबारेमा बुझ्ने काम भइरहेको जनाएको छ। घटनास्थलमा प्रहरी परिचालन गरिएको र घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।  

अस्पताल प्रशासनलेसमेत डाक्टर यादवमा मानसिक समस्या रहेको जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad