समाज


रोकिएको ट्रकमा तीव्र गतिको मोटरसाइकल ठोकिँदा २५ वर्षीय युवकको मृत्यु, अर्का गम्भीर घाइते

रोकिएको ट्रकमा तीव्र गतिको मोटरसाइकल ठोकिँदा २५ वर्षीय युवकको मृत्यु, अर्का गम्भीर घाइते

फाइल तस्बिर


नेपालखबर
मंसिर १२, २०८२ शुक्रबार ९:५७, सुनसरी

सुनसरीमा तीव्र गतिको मोटरसाइकल सडक किनारमा रोकिएको ट्रकमा ठोक्किँदा त्यसका चालकको मृत्यु भएको छ।

दुर्घटनामा मोटरसाइकलमा सवार अर्का एक जना गम्भीर घाइते भएका छन्।

धरान उपमहानगरपालिका–८ तीनकुनेस्थित सडक किनारमा रोकेर राखिएको प्रदेश १–०२–००१ ख ८७५७ नम्बरको ट्रकमा प्रदेश १–०३–००१ प १३२४ नम्बरको मोटरसाइकल गए राति ठोक्किएकाे हाे।

दुर्घटनामा मोटरसाइकल चालक इटहरी उपमहानगरपालिका–४ का २५ वर्षीय मञ्जिल लिम्बूको मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता चन्द्र खड्काका अनुसार मोटरसाइकलमा सवार इटहरी–५ का ३२ वर्षीय अमित राईको अवस्था गम्भीर छ।

उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad