एकाएक बेहोस भएका झापाको शिवसताक्षी नगरपालिका-५ का ७२ वर्षीय सम्पतलाल राजबंशीको मृत्यु भएको छ।
उनी शनिबार बिउबिजनको ब्यापारका लागि गौरिगञ्ज गाउँपालिका-१ कुञ्जिबारी बजार पुगेका थिए। शनिबार अपराह्न ३ बजे एकाएक बेहोस भएका थिए।
स्थानीय बासिन्दाले उनलाई तत्कालै दमक अस्पताल पुर्याएका थिए। अस्पताल पुर्याए लगत्तै शनिबार साँझ चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
45
Shares

प्रतिक्रिया